काठमाडौं । हाइप्रोफाइल वन्यजन्तु तस्कर पक्राउ परेका छन् ।
फरार भएको करिब १६ वर्षपछि कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ परेको हो ।
सीआइबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
२०६२ भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस ९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद भएसँगै उनी फरार भएका थिए ।
वन्यजन्तुका विभिन्न ठूला अपराधमा संलग्न भएका भनिएका उनी सीआईबी र इन्टरपोलकोसमते सर्वाधिक खोजीको सूचीमा थिए ।