बैशाख २३, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा शनिबार थपिए ५ जना संक्रमित

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ जना कोरोना संक्रमित थप भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण देखिएकाे बताएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंका ४ जना र  भक्तपुरका १ जना गरी ५ जना थप भएका हुन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरमा एक पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि