बैशाख २३, २०८१, आइतबार
               

७७ जिल्लामै फैलियो  कोरोना

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं : नेपालमा कोरोना भाइरस ७७ जिल्लामै फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार  शनिबार रसुवामासमेत कोरोना पोजेटिभ पुष्टि भएसँगै सबै जिल्लामा संक्रमण पुगेकाे हाे । 

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।  यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र संक्रमण फैलिएकाे थियो । 

साथै पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् भने ५५४ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि