बैशाख २३, २०८१, आइतबार
               

नेपालमा कोरोना संक्रमितकाे संख्या १२ हजार ३०० नाघ्यो

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना पुष्टि भएको छ ।

कोसी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ७, इलामका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङमा २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ र महोत्तरीका ३०, नारायणी अस्पताल वीरगञ्जमा पर्साका २ जनामा कोरोना भेटिएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १३, अर्घाखाँचीका १६, बैतडीका २४, बझाङका ४, बाजुराका ४, बाराका ८, डडेल्धुराका ८, धादिङका ३, डोटीका ४६, गुल्मीका ७, जाजरकोटका १, कैलालीका ८, कञ्चनपुरका ३, कपिलवस्तुका १, पर्साका १, रसुवाका ९, रौतहटका ३४, सल्यानका १३, सर्लाहीका ६ र स्याङजाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरमा पाँचथरका १, काठमाडौंका ४ र भक्तपुरका १, वीर अस्पताल प्रयोगशाला काठमाडौंमा बझाङका ४, डोटीका २, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ८२, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा नवलपरासी पूर्वका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ८, स्याङजाका २१ जनामा कोरोना पाइएको छ ।

यस्तै भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका २, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा नुवाकोटका ६ र मकवानपुरका २, धुलिखेल अस्पताल प्रयोगशालामा बाराका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका २, पाल्पाका २६, प्यूठानका ४९ र रुपन्देहीका ८, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेमा २, बर्दियामा ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा दाङका ३१, कपिलवस्तुका ७, रोल्पाका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ७, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बैतडीका २, डोटीका २५, कैलाली ६ र कञ्चनपुरका २ जनामा कोरोना भेटिएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ जना पुगेको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि