बैशाख २२, २०८१, शनिबार
               

नेपालकाे ३ जिल्लामा भित्रियो सलह

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको बिहार हुँदै सहल किरा नेपाल प्रवेश गरेको छ । नेपालकाे बारा, पर्सा र सर्लाहीमा स्थानीय किसानले आज बिहान सलह किरा देखेका हु्न् । नेपाल कृषि अनुसन्धान परिषद्का अनुससार दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको जनाएकाे छ । 

अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपालमा पहिलो पटक देखिएकाे कृषि मन्त्रालयले जनाएकाे छ । सलह ठूला–ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो । यसले सबैखाले अन्न तथा नगदे बालीलाई छिनभरमै सखाप पार्ने गर्छ । हावाको दिशा पछ्याएर १ सय ३० किमी प्रतिघण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने विज्ञहरुको भनाइ छ ।

तर नेपालमा मरुभूमिको जस्तो जमिन नभएको र पानी समेत परिरहेकाले ती किरा लामो समयसम्म नेपालमा नबस्ने कृषि विज्ञहरूकाे बुझाई छ । प्रजजनका लागि नेपालमा उपयुक्त वातावरण नभएको कृषि वैज्ञानिकहरुको बिश्लेषण छ । सलह नेपालमा प्रवेश गरेको जानकारी आउने साथ काठमाडौंमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने छलफल थालेको छ । 


कस्तो लाग्यो ?

यो पनि