बैशाख २३, २०८१, आइतबार
               

भारतबाट फर्केर होटेलमा बसिरहेका श्रीमान् श्रीमतीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं – भारतबाट फर्केर वीरगञ्जको होटेलको क्वारेन्टाइनमा बस्दै आएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ का एक महिला र एक पुरुष गरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमित दुवै श्रीमान् श्रीमती हुन् । उनीहरु गत असार ४ गते भारतको दिल्लीबाट फर्केर होटलको क्वारेन्टाइनमा आफ्ना आमा बुवा र तीन वर्षीय छोरासहित पाँच जनाको समूहमा बस्दै आएका थिए ।

यो सँगै पर्सामा  पाँचजना भारतीयसहित कोरोना संक्रमितहरुको संख्या १ सय ५८ पुगेको छ । जसमध्ये पाँचजना भारतीयहरु छन् ।


 


कस्तो लाग्यो ?

यो पनि