जेठ ०६, २०८१, आइतबार
               

गण्डकीमा थपिए ३२ संक्रमित

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा कूल संक्रमितको संख्या ८३८ पुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा कोरोना संक्रणमण पुष्टि भएको जनाएको छ । संक्रमितमध्ये ६ जना महिला छन् । 

बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एक जना छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र छ महिला, पुतलीबजारमा एक तथा वालिङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुई जना रहेका छन् । हुप्सेकोट र वालिङ नगरपालिकाका संक्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसकेको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो । 

प्रदेशमा हालसम्म बागलुङमा १५१, स्याङ्जामा १५८, नवलपरासीमा २१२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १०२ जनामा संक्रमण पुष्टि भएको छ ।
 
त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि ११८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । संक्रमित दुई जनाको भने मृत्यु भएको छ । 

प्रदेशमा नौ हजार ४५८ जनाको पिअिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा सात हजार ९५८ जनामा संक्रमण नदेखिएको र ८०० जनाको नतिजा आउन बाँकी छ । 


कस्तो लाग्यो ?

यो पनि