जेठ ०६, २०८१, आइतबार
               

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

अस्पतालका अनुसार, ५० वर्षीय पुरुषको शनिबार विहान साढे ६ बजे मृत्यु भएको हो । उनी कैलालीको गोदावरी नगरपालिका–७ का पुरुष हुन् ।

शुक्रबार दिउँसोदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति भरतपुर अस्पताल रिफर गरिएको थियो । 

उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको पनि अस्पतालले जानकारी दिएको छ । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज गएका थिए ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

यसअघि चितवनमा भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि