बैशाख २०, २०८१, बिहीबार
               

देशका केही भू–भागमा सामान्य बदली भइ वर्षाको संभावना

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहानैदेखि देशभर मौसमको प्रभावबारे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ ।

प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ । यस्तै, राती देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ ।

प्रदेश १  प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो पनि