जेठ ०६, २०८१, आइतबार
               

बैतडीका सबै स्थानीय तहमा फैलियो कोरोना

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

बैतडी । बैतडी जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० ओटै स्थानीय तहमा कोरोना फैलिएको छ ।

यसअघि नौ ओटा स्थानिय तहमा फैलिएको कोरोना शुक्रवार ३० जना संक्रमित भेटिएसँगै १० ओटै स्थानिय तहमा फैलिएको हो ।

शिवनाथ गाउँपालिकाका ४८ जनामा संक्रमण पुष्टी भएको छ । दशरथचन्द नगरपालिकाका ३०, पाटन नगरपालिकाका ११, मेलौली नगरपालिकाका ५, पुर्चौंडी नगरपालिकाका ४, पञ्चेश्वर गाउँपालिकाका ३३, सुर्नया गाउँपालिकाका ३, दोगडाकेदार गाउँपालिकाका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाका ७ र सिगास गाउँपालिकाका ३६ जनामा संक्रमण पुष्टि भइसकेकाे छ । 

बैतडीमा हालसम्म संक्रमितको संख्या २०६ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि