जेठ ०६, २०८१, आइतबार
               

थप भयो १० पिसिआर प्रयोगशाला

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  सरकारले पिसिआरकाे परीक्षण दायरा बढाउन १० वटा पीसीआर प्रयोगशाला थप गरेकाे छ ।  

सातवटै प्रदेशमा सञ्चालित २३ वटा पीसीआर परीक्षण प्रयोगशालाका अतिरिक्त १० वटा प्रयोगशाला थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार प्रकाशित गरेको सूचनामा  १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरिएको जानकारी दिएको छ । 

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा परीक्षण प्रयोगशाला थप गरिएको मन्त्रालयले उल्लेख गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि