जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने महिला अन्दाजी २५–३० वर्षकी हुन् ।

गोत्मका अनुसार, असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा उनलाई फेला पारिएको थियो । 

मृतकको पहिचान खुलिसकेको छैन । उनको नमुना परीक्षणको नतिजामा असार १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि