जेठ ०६, २०८१, आइतबार
               

कोरोनाको उकालो यात्रा,  एक महिनामा १ हजारबाट ११ हजार क्रस
सङ्कटग्रस्त क्षेत्र घोषणा नहुने, अन्तर्राष्ट्रिय सहायता पनि नलिने

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको छ । पहिलो कोरोना सङ्क्रमित फेला परेदेखि तीन अङ्कको सङ्ख्या अर्थात् सय पार गर्नका लागि १ सय ७ दिन लागेको थियो । 

त्यसैगरी, तीन अङ्कबाट चार अङ्क पार गर्न अर्थात् सयबाट हजार पुग्न २१ दिन लाग्यो भने पाँच अङ्क पुग्न अर्थात् हजारबाट १० हजार पुग्न २७ दिन लागेको थियो ।

तीन दिनअघि मात्र संक्रमतिको सख्या १० हजार नाघेको छ। अहिले थप १५ सय बढिसकेको छ । मृत्यु हुनेको सङ्ख्या २७ पुगेको  छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६ सय ९८ पुगेको छ । 

कोरोना सङ्क्रमित दश हजारबाट नाघेपछि सरकारले गत मे महिनामा जारी गरेको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लानको चौथो तथा अन्तिम चरणमा नेपाल प्रवेश गरेको छ ।

उक्त प्लानमा १० हजारभन्दा बढी केस भएमा लेभल ४ सुरु हुने उल्लेख थियो । यो स्थिति आइपरे सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२.१ लागू गर्ने योजना बनाएको थियो ।  यो दफामा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा सरकारले त्यस्तो घोषणा गर्ने प्रावधान छ ।

तर, सरकारले अहिले नै यस्तो घोषणा नगर्ने जनाएको छ ।

यसअघि सरकारको योजना लेभल २ अर्थात् २ हजार केस नाघ्नेबित्तिकै जनस्वास्थ्य विपद् घोषणा गर्ने योजना पनि थियो । त्यहीअनुरुप बाहिर हल्ला भयो । तर, सरकारले अहिलेसम्म सो घोषणा गरेको छैन । 

योजनामा ऐनको दफा ३६.१ अनुसार अन्तर्राष्ट्रिय मानवीय तथा अन्य सहायता लिन सक्ने पनि उल्लेख छ । सङ्क्रमितको धेरै सङ्ख्या क्वारेन्टाइनबाट छ । अधिकांश भारतबाट आएकाहरूमा सङ्क्रमण देखिएको छ । 

रसुवा मात्र ग्रिन जोनमा
नेपालका ७७ जिल्लामध्ये अहिलेसम्म रसुवा मात्र ग्रिन जोनमा छ । अर्थात् त्यहाँ कसैलाई पनि सङ्क्रमण भएको पुष्टि भएको छैन । केही दिनअघिसम्म स्वास्थ्य मन्त्रालयको रिपोर्टमा मुस्ताङ, रसुवा र ओखलढुङ्गा  जिल्ला ग्रीन जोनमा देखिन्थे । अहिले ग्रीन जोनको रुपमा देखिएको रसुवा चीनसित सिमाना जोडिएको जिल्ला  पनि हो ।

त्यसैगरी, केही दिनअघिसम्म ग्रीन जोनमा देखिएको ओखलढुङ्गा  सङ्क्रमित जिल्लाले घेरिएको जिल्ला थियो । एक साताअघि नै मुस्ताङ र ओखलढुङ्गावासीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालका कूल ७७ जिल्लामध्ये कोभिड १९ ले नछोएको एक मात्र जिल्ला रसुवा हुन पुगेको छ । रसुवा पाँच वटा गाउँपालिका भएको जिल्ला हो । यहाँको जनसङ्ख्या ४२ हजार हाराहारी छ ।


कस्तो लाग्यो ?

यो पनि