जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा फेरि थपिए तीन संक्रमित

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार संक्रमितमध्ये काठमाडौंमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५९३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि