जेठ ०६, २०८१, आइतबार
               

पछिल्लो २४ घण्टामा ५९३ मा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५९३ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । 

योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि