जेठ ०६, २०८१, आइतबार
               

दुर्गममा उपचार गर्न बाजुराबाट एक्लै हिँडेर हुम्ला पुगे डा. केसी

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

हुम्ला । विगत केही महिनादेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा बिरामीको उपचारमा खटिरहेका डा. गोविन्द केसी अहिले हुम्ला पुगेका छन् ।

बाजुराको मार्तडीबाट पैदलै हिँडेर हुम्ला पुगेका डा. केसी हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट स्वास्थ्य चौकीमा बिरामीको उपचारमा खटिएका छन् ।

शुक्रबारदेखि डा. केसीले दुई दिनसम्मका लागि हुम्लाको ताँजाकोट र अदानचुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
स्वास्थ्य शिविरमा डा. केसीले पहिलो दिन शुक्रबार हड्डी तथा हाडजोर्नीसम्बन्धी सेवा प्रदान गरिरहेको नेपाल विद्यार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जैशीले जानकारी दिए । उनले शनिबार पनि बिरामीको जाँच गर्नेछन् ।

स्वास्थ्य उपचार सेवाबाट बञ्चित दुर्गमका जनतालाई सेवा प्रदान गर्न डा. केसी औषधि बोकेर आफैँ विभिन्न ठाउँ पुगिरहेका छन् ।

शनिबारसम्म बिरामीको उपचार गरेर डा. केसी फेरि बाजुरा फर्कने छन् । डा. केसीलाई बिरामीको उपचारका लागि सहजीकरण गरिरहेको गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि