जेठ ०६, २०८१, आइतबार
               

निजी अस्पतालले कोरोना परीक्षण गर्न पाउने तर, शुल्क लिन नपाउने

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायर बढाउन निजी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई पनि परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ ।

मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पीसीआर परीक्षण) गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका २०७७ जारी गर्दै निजी अस्पताललाई पनि परीक्षण गर्न अनुमति दिने तयारी थालेको हो ।

सरकारी प्रयोगशालामा नमुना आउने क्रम बढेको र परीक्षण ढिलाइ भइरहेकोले परीक्षण सहज बनाउन निजी अस्पताललाई परीक्षण गर्न अनुमति दिन निर्देशिका तयार गरेको छ ।

पीसीआर परीक्षण गर्न स्वास्थ्य संस्था स्वास्थ्य मन्त्रालय वा अन्तर्गत निकायमा दर्ता भई नेपाल सरकारको नीति नियम अनुरूप लेखा परीक्षण, कर तिरेको र नवीकरण गरेका प्रयोगशालाले मात्र अनुमति पाउने छन् । 'पीसीआर परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालन पूर्वआशयपत्र लिनुपर्नेछ,' निर्देशिकामा उल्लेख छ ।

आशयपत्र प्राप्त गर्ने स्वास्थ्य संस्थाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिमको मापदण्ड पूरा गरी बायोसेफ्टी लेभल २ को प्रयोगशाला स्थापना गर्नुपर्नेछ। प्रयोगशाला स्थापना गरिसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सेवा संचालनको अनुमतिको लागि निवेदन दिनुपर्नेछ।

निवेदन दिँदा सेवा दिने आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रसमेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ निर्देशिकामा उल्लेख छ ।

यसरी निवेदन प्राप्त प्रयोगशालाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरी मापदण्ड पुगेको भए सञ्चालनको लागि अनुमति दिनेछ ।

परीक्षण अनुमति पाएका प्रयोगशालाले नेपाल सरकारले कोभिड-१९ परीक्षणसम्बन्धी जारी गरेको सबै नीति, नियम तथा निर्देशिका अनिवार्य पालना गर्नुपर्नेछ । यसरी सञ्चालन हुने प्रयोगशालाको परीक्षण क्षमता दैनिक न्युनतम २०० हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि