जेठ ०६, २०८१, आइतबार
               

सिन्धुलीमा एक महिलाको मृत्यु, आफन्त र चिकित्सक क्वारेन्टाइनमा !

नेपाल फ्ल्यास
असार १२, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

सिन्धुली अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

उच्च ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालको इमेर्जेन्सीमा हिजो साँझ ५ बजेतिर महिलालाई भर्ना गरिएको थियो ।

घ्याङलेक गाउँपालिका १, सिम्लेकी २१ वर्षीया महिलाको साँझ ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. प्रशन्न राजभण्डारीले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि आजै काठमाडौं पठाएको डा. राजभण्डारीले जानकारी दिए । 

महोत्तरीको पाटु घर भएकी ती महिलाको माइती घ्याङ्गलेक हो । 

असार ३ गते पाटुबाट माइतीमा आएर बसेकी महिलालाई उपचारको लागि ल्याउन ढिला हुँदा मृत्यु भएको चिकित्सकको भनाइ छ ।

मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न चिकित्सक लगायत कर्मचारीलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि