जेठ ०६, २०८१, आइतबार
               

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

गुल्मीमा थप १२ जना संक्रमित थपिएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारीका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुर्कोट गाउँपालिकाका ५ जनामा ४ पुरुष र १ महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिकाका २९, ३६, ३५, २३ वर्षीय पुरुष र एक १९ वर्षीय महिलामा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, इस्मा गाउँपालिकाका २० वर्षीय, ३४ वर्षीय, २६ वर्षीय पुरुष र २२ वर्षीया महिलामा कोरोना देखिएको हो । आचार्यका अनुसार रुरु क्षेत्र गाउँपालिकाका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि