जेठ ०६, २०८१, आइतबार
               

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

नेपाल फ्ल्यास
असार १२, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

गलकोट । बागलुङको निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष ८६ किलो गाँजासहित पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका हुन् । 

'घरमा लुकाईछिपाई गाँजा राखेको' भन्ने सुराकीका आधारमा शुक्रबार बिहान घर्तीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो । 

थप अनुसन्धानका लागि वडाध्यक्ष घर्तीलाई जिल्ला सदरमुकाम लगिने प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि