जेठ ०६, २०८१, आइतबार
               

ललितपुरबाट पक्राउ परेका इन्स्पेक्टरलाई ९ दिन थुनामा राख्न अदालतको आदेश

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक एवं इन्स्पेक्टर रुद्र शाहीलाई ९ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानको लागि थुनामा राख्न आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत अनुसन्धान हुनेछ । ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा ललितपुरका इन्स्पेक्टर शाहीको पनि संलग्नता पाइएको स्रोतले जनाएको छ । त्यसैले बिहीबार उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको थियो भने अन्य आरोपिविरुद्ध १० दिन म्याद थप भएको छ । प्रहरीका अनुसार इन्स्पेक्टर शाही लागूऔषध दुर्व्यसनी भएको खुल्न आएको छ ।

उनको आरोपितहरुसँग नियमित सम्पर्क भएको देखिएको छ ।  प्रहरीले उनीहरुको साथबाट ६६७ थान डाइलेक्स बोतल, १ हजार १ सय ८६ ट्याब्लेट, स्मो प्रोक्सिभोन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि