जेठ ०२, २०८१, बुधबार
               

विवाह गर्न नसक्नेलाई गाउँपालिकाबाटै दाइजो !

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

महाेत्तरी । महोत्तरीको पिपरा गाँउपालिकाले दाइजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ । 

आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेलाई गाउँपालिकाबाटै सामूहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने नीति ल्याएको उनले बताए । 

गाउँपालिकाले प्रत्येक वडामा समान रुपले एक करोड ४० लाखका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाका  अध्यक्ष चौधरीका अनुसार विदेशबाट फर्केर आउने युवालाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खेती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लगाउन कृषि आधुनिकीकरण योजना ल्याएको छ । 

बुधबार सम्पन्न छैटौँ गाउँसभाले ४७ करोड २१ लाख ५८ हजार ६०० को बजेट प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिनुभयो ।


कस्तो लाग्यो ?

यो पनि