जेठ ०३, २०८१, बिहीबार
               

बिहीबार ४३४ जना कोरोना संक्रमित थप, कुल ११ हजार नाघ्यो

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३४  कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।  

साथै पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ । 

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ५४३ जनाकाे पिसिआर विधिबाट परीक्षण गरिएको छ । यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पिसिआर परीक्षणको सङ्ख्या १ लाख ९९ हजार ७३७ पुगेको छ।

 

 


कस्तो लाग्यो ?

यो पनि