जेठ ०२, २०८१, बुधबार
               

कोरोनाबाट थप २ जनाकाे मृत्यु पुष्टि

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । 

आज ललितपुरको पाटन अस्पतालमा ४९ वर्षीय पुरुषको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो । 

यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी ५५ वर्षीय पुरूषको बुधबार राति ११:३५ उपचारका क्रममा मृत्यु भएको थियो । 

यो सहित नेपालमा कोरोनाका कारण मर्नेकाे संख्या २६ पुगेकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि