जेठ ०२, २०८१, बुधबार
               

ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत बिरामीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट ५० वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । उनी मिर्गौलाका बिरामी रहेको बताइएको छ ।

मिर्गौला रोगबाट बिरामी ती पुरुष अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएलगत्तै कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको डा. गेलालले बताए । उनी ललितपुर महालक्ष्मी नगरपालिकामा बस्दै आएका थिए । उनी चितवन स्थायी ठेगाना भएका व्यक्ति हुन् ।

नेपाली सेनाले उनको अन्त्येष्टिको तयारी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि