जेठ ०२, २०८१, बुधबार
               

लागुऔषध कारोबारमा संलग्‍न आरोपमा इन्स्पेक्टर नै पक्राउ

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् ।

लागुऔषध कारोबारमा संलग्‍न रहेको आरोपमा  लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । 

ब्युरो स्रोतका अनुसार लागुऔषध कोरेक्स कारोबारीसँग उनको सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इक्स्पेक्टर शाहीलाई केही दिनअघि मात्रै प्रहरी वृत्त सातदाबाटोबाट ललितपुर प्रहरी परिसरमा तानिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि