जेठ ०६, २०८१, आइतबार
               

ललितपुर परिसरका इन्स्पेक्टर पक्राउ

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् ।

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा उनलाई लागूऔषध नियन्त्रण ब्युरोले आज नियन्त्रणमा लिएको हो ।

हिजो पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा इन्स्पेक्टर शाहीसँग कनेक्सन जोडिएको पाइएको छ ।

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतलभन्दा बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।

ब्युरोले अनुसन्धानका लागि इन्स्पेक्टर शाहीलाई नियन्त्रणमा लिएको हो ।

२० दिनअघिसम्म इन्स्पेक्टर शाही प्रहरी वृत्त सातदोबाटोमा कार्यरत थिए । 

उनको व्यवहार आपत्तिजनक भएको जनगुनासो आएपछि उनलाई परिसर तानिएको थियो ।

परिसरमा पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।


कस्तो लाग्यो ?

यो पनि