जेठ ०६, २०८१, आइतबार
               

शव व्यवस्थापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

पोखरा । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ । 

बुधबार राति मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । 

उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाटनजिकै टायर बालेर विरोध प्रदर्शन गरेका थिए । स्थामनीयको अवरोधपछि त्यहाँ झडप भएको छ । 

झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । 

शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो । 

नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । 

जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो । 

महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि