जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपतिद्वारा सबै दलहरूलाई धन्यवाद

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको संविधान संशोधनका क्रममा दलहरूले देखाएको राष्ट्रिय एकतालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका नेताहरुलाई धन्यवाद दिएकी छन् । 

संविधान संशाेधनकाे क्रममा राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दलका नेताहरुलाई राष्ट्रपतिले धन्यवाद दिएकी हुन्- ‘राष्ट्रियताको प्रश्नमा तपाईँहरू एक ​ ठाउँमा उभिनु भएकोमा खुसी लागेको छ। लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित अतिक्रमित नेपाली भूमि नेपालको नक्सामा समेटेकोमा बधाई​ र धन्यवाद दिन बोलाएकी हुँ ।’ 

राष्ट्रपतिसँगको सामूहिक भेटमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूकाे सहभागिता थियो । 

 


कस्तो लाग्यो ?

यो पनि