जेठ ०६, २०८१, आइतबार
               

बम विस्फोटका दुई आरोपी १० वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

रौतहट ।  सार्वजनिक बसमा बम विस्फोट गरेर फरार रहेका दुई जनालाई  रोतहट प्रहरीले १० वर्षवछप पक्राउ गरेको छ ।

बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार अभियुक्तलाई रौतहट प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

११ चैत २०६७ मा गौरबाट चन्द्रनिगाहपुरतिर जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुवाहक बसमा हजमिनिया भन्ने ठाउँमा विस्फोट गराएको आरोपमा प्रहरीले ईशनाथ नगरपालिकाको रामपुरखाप गाउँका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरेको हो ।

१३ जना घाइते भएको बम विस्फोटको घटनामा ७ जना आरोपी रहेकामा दुई जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ भने अझै  पाँच जना फरार छन् । 

 


कस्तो लाग्यो ?

यो पनि