जेठ ०४, २०८१, शुक्रबार
               

सुदूरपश्चिममा एकैदिन चार स्वास्थ्यकर्मीसहित २८ मा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै सुदूरपश्चिमा सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ३५ पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घन्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । 

बुधबार मात्र थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक÷एकजना रहेका छन् ।

यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एकजना रहेका महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । 

त्यसैगरी, उनले प्रतिष्ठान जुम्लामा संक्रमित हुनेमा चारजना स्वास्थ्यकर्मी रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि