जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीलाई अदालतमा उपस्थित हुन आदेश

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । 

कोरोना महामारीको समयमा अदालतले दिएका विभिन्न  सात अन्तरिम आदेशको पालना के कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन भन्ने विषयमा आफैँ वा कानुनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई अदालतले आदेश दिएको हो ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्रीलाई यस्तो आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले भनेको छ, ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न सात अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन ? तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ (प्रन्ध) दिनभित्र यस अदालतमा आफै उपस्थित भई वा आफ्नो कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू ।’

अन्तरिम आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा परेकाले यस्तो अन्तरिम आदेश जारी गर्नुपरेको सर्वोच्च अदालतले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि