जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं र भक्तपुरमा थपिए तीन संक्रमित, कुन जिल्लामा कति थपिए ?

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । गएको २४ घण्टामा नेपालमा ६२९ जना कोरोना संक्रमित थपिएका छन् । 

जसमध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

गएको २४ घण्टामा काठमाडौंका एक जना पुरूषमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा दुई जना महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ११४ छ। जसमध्ये आठ जना महिला र १०६ जना पुरुष छन् । 

हालसम्म कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या दुई हजार ३ सय ३८ पुगेको छ । ती मध्ये एक सय ९७ जना महिला र दुई हजार १४१ जना पुरुष छन् ।

संक्रमितको विवरणः 

झापा : ११ पुरुष
मोरङ : १ पुरुष
सुनसरी : १ पुरुष
सर्लाही : ५ पुरुष १६ पुरुष
सप्तरी : १ महिला र ५ पुरुष
धनुषा : ३ महिला र १७ पुरुष
महोत्तरी : २ महिला र १०पुरुष
बाजुरा : ८ पुरुष 
डोटी : १० महिला र ३८ पुरुष
कैलाली : ३८ महिला र १०३ पुरुष  
कन्चनपुर : १६ महिला र ७० पुरुष 
पर्वत : २ महिला र १ पुरुष
रौतहट : ९ महिला र ३५ पुरुष
धादिङ : २ पुरुष
बैतडी : १ महिला र ३ पुरुष
काठमाडौं : १ पुरुष
चितवन : १ पुरुष
तनहुँ : १ पुरुष
नवलपरासी : ३ महिला र २ पुरुष
पाल्पा : १५ पुरुष
भक्तपुर : १ महिला
अछाम : १ महिला र २२ पुरुष
गोरखा : ३ पुरुष
कास्की : ३ महिला र ६ पुरुष
बाग्लुङ : ९ पु्रुष
लम्जुङ : १ महिला र ४ पुरुष
स्याङजा : २ महिला र ५ पुरुष
गुल्मी : ५ पुरुष
कपिलवस्तु : १ पुरुष
रुपन्देही : १ महिला
बर्दिया : १ पुरुष
बाँके : ९ पुरुष
दाङ : ६ महिला र ७० पुरुष
प्युठान : १० पुरुष
जाजरकोट : १ पुरुष
सुर्खेत : ३ महिला र ११ पुरुष
दैलेख : ४ पुरुष
कालीकोट : १ पुरूष


कस्तो लाग्यो ?

यो पनि