जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंका घरबेटीलाई स्वास्थ्य मन्त्रालयको यस्तो आग्रह

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रनासाथ घरमा बस्ने व्यक्तिलाई कोरोना (पीसीआर) परीक्षण गर्न दबाब नदिन घरधनीहरुलाई आग्रह गरेको छ । 

घरधनी (घरबेटी) ले उपत्यका बाहिरबाट भित्रने मानिसहरुलाई परीक्षण गर्न दबाब दिएको विषयमा स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका बाहिर रहेका व्यक्तिले उपत्यका भित्रनासाथ कोरोना परीक्षण गर्नु नपर्ने तर, १४ दिनसम्म घरमा क्वारेन्टाईनमा रहनुपर्ने बताए ।

सो अवधिमा लक्षण देखा परेमा अस्पताल गई चिकित्सकको सल्लाहमा मात्र परीक्षण गर्नुपर्ने प्रवक्ता डा.  गौतमले बताए । 

अनावश्यक रुपमा मानिसलाई परीक्षणका लागि दबाब नदिन घरबेटीहरुलाई मन्त्रालयले अपिल गरेको हो । 

गृह मन्त्रालयबाट काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा यस सम्बन्धि पत्राचार गरिएको जानकारी  पनि प्रवक्ता गौतमले दिए ।


कस्तो लाग्यो ?

यो पनि