काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार थपिएका संक्रमितहरूमा झापाका १२ जना, सप्तरीका २२ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना, अछामका ३ जना, अर्घाखाँचीका २ जना, बाग्लुङका १४ जना, बाजुराका २० जना, बझाङका २२ जना र डडेल्धुराका ३ जना छन् ।
त्यस्तै धादिङका १८ जना, गोरखाका २४ जना, गुल्मीका ५ जना, कैलालीका ३५ जना, कञ्चनपुरका १७ जना, कास्कीका १० जना, नवलपरासी पूर्वका ३ जना, पर्वतका २२ जना, प्युठानका ५० जना, रौतहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना, सिराहका ७ जना, स्याङजाका २२ जना र तनहुँका ८ जनामा पनि संक्रमण देखिएकाे छ ।
त्यसैगरी धनुषाका ३९ जना, लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना, सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका २२ जना हुम्ला र कालिकोटका १-१ जनामा पनि काेराेना पाेजेटिभ देखिएकाे डा. गौतमले जानकारी दिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।