मंसिर ०६, २०८१, बिहीबार
               

सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

कैलाली–सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ ।

आज धनगढी प्रयोगशालामा दिउँसो १२ बजेसम्म भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकै ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक/एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


कस्तो लाग्यो ?

यो पनि