मंसिर ०६, २०८१, बिहीबार
               

कुवेतबाट फर्किएका दुई महिलामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

धरान । केही दिनअघि कुवेतबाट सुनसरी फर्किएका दुई महिलामा कोरोना संक्रमण देखिएको छ । 

कुवेतबाट काठमाडौं ओर्लिएर सुनसरीको बराह क्षेत्रमा निर्मित कृष्णदास महाराजको आश्रममा रहेको होल्डिङ सेन्टरबाट उनीहरूलाई धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टाइन ल्याइएको थियो ।

स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना देखिनेमा एकजना ४३ वर्षीया र अर्की ३७ वर्षीया महिला छन् ।

उनीहरू धरानकै बासिन्दा हुन् । दुवै जेठ २९ गते नेपाल आएर जेठ ३२ गते धरान आएका थिए । एन्फा क्वारेन्टिनका ४५ जनाको स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि