जेठ ०५, २०८१, शनिबार
               

अस्पताल र प्रहरी कार्यालय समेत बन्द

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

तनहुँ । बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । 

सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष पूर्णसिंह थापाले बताए ।

बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु भने दुई हप्ताका लागि पूर्ण रुपमा बन्द रहने छन् ।

पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समूहका ९ जना पुरुष र ३५ वर्षीया १ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाका अनुसार क्वारेन्टिनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सकसहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टिनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तनहुँमा हालसम्म ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि