जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट जोगिएको एक जिल्ला

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे ९ हजार नाघिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गएको २४ घण्टामा नेपालमा थप ५३५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, देशका ७७ जिल्लामध्ये अहिलेसम्म ७६ जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल जिल्ला रसुवा मात्र भएको छ । 

यसअघि ओखलढुङ्गामा पनि कोरोना संक्रमण देखिएको थिएन तर, स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा ओखलढुङ्गाका २८ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण नदेखिएको जिल्ला रसुवा मात्र भएको छ ।

त्यस्तै आइतबार मुस्ताङमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि