जेठ ०५, २०८१, शनिबार
               

प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । 

ती ४५ जनाको स्वाब परीक्षण गर्दा पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

कोरोना संक्रमित पाँच जनालाई आईसोलेसनमा राखिएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टाइनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएको छ ।

यसअघि पनि सुर्खेतकै चिङ्गाड गाँउपालिका दुईजना स्वाथ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि