जेठ ०५, २०८१, शनिबार
               

चितवनमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

भरतपुर । चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । 

माडी नगरपालिकाका चार जना र भरतपुर महानगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् ।

यसैगरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

अहिलेसम्म चितवनमा मात्रै ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, भरतपुरस्थित प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा पूर्वी नवलपरासीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि