मंसिर ०७, २०८१, शुक्रबार
               

अब लकडाउनको जिम्मा प्रदेश सरकारलाई

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । अबदेखि लकडाउन जिल्ला र प्रदेश अनुसार फरकफरक हुने भएको छ । 

कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले यसबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई नै दिएको हो ।

अब कुन जिल्ला वा क्षेत्र सिल गर्ने र कुन ठाउँमा खुल्ला गर्ने भन्ने निर्णय प्रदेश सरकारले गर्न पाउने भएका छन् । 

यस्तो निर्णय गर्दा प्रदेश सरकारले जिल्ला कोरोना जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी) को सिफारिसमा सीसीएमसीसँग परामर्श लिनुपर्नेछ।

अब आफ्नो जिल्लामा लकडाउनलाई कस्तो रुपमा लैजाने भन्ने जिल्लाले नै प्रदेशलाई सिफारिस गर्ने छन् । यसअघि देशभर लकडाउन एउटै रुपमा गरिएको थियाे ।

अब लकडाउन गर्दा जनसंख्याको अनुपात, कोरोना संक्रमितको सक्रिय केसहरुका आधारमा विभाजन गरिने छ ।

कोरोना संक्रमणको जोखिमका कारण नेपालमा चैत ११ गतेबाट लकडाउन गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि