काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संखय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट गुल्मीमा थप एक जनाको मृत्यु भएको मन्त्रालयले आज (आइतबार) पुष्टि गरेको हो ।
छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनको असार पाँच गते नै मृत्यु भइसकेको थियो । मृत्युपछि उनको स्वाब परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जेठ २५ गते उनी भारतमा उपचार गराएर नेपाल फर्किएका थिए । उनी प्यारालाइसिसका बिरामी थिए ।