असोज ०६, २०८१, आइतबार
               

प्रहरी निरीक्षक राय पक्राउ

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

हेटौँडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग  १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती  प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए । 

यसैबीच हेटौँडा–११ नवलपुरकी सुस्तमनस्थिति भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजिकैको मकैबारीमा लगी ५० रुपैयाँको लोभ देखाएर  बलात्कार गरेको आरोपमा  ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको  छ  ।


कस्तो लाग्यो ?

यो पनि