असोज ०६, २०८१, आइतबार
               

अरुण नदी थुनियो, सात परिवार विस्थापित

रासस
असार ०७, २०७७

ADVERTISEMENT

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।

आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।

स्थानीयवासी  हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक  मल्लले बताए ।

घटनाको विस्तृत जानकारी आइसकेको छैन ।

प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी,चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई  नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि