कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् ।
प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीसँगै स्याङ्जामा १०, नवलपुरमा १, कास्कीकै मादी गाउँपालिकामा १, बागलुङमा ५ र तनहूँमा १ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना पुष्टि भएका १९ संक्रमितमध्ये चापाकोट नगरपालिका स्याङ्जाका ३० वर्षिया महिला त्यसैगरि स्याङ्जा गल्याङ नगरपालिकाकै ४५ वर्षीया महिला छिन् ।
बाँकी १७ जना पुरुष छन् । संक्रमितहरुको उमेर कम १७ देखि ४६ वर्षसम्मको रहेको छ ।
योसँगै प्रदेशमा कुल संक्रमित संख्या ५२३ पुगेको छ ।
गण्डकीका सबै जिल्लामा कोरोना संक्रमित पुष्टि भई सकेका छन् ।