असोज ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा सक्रिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

लामो समयदेखि क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा शनिबार संक्रमण पुष्टि भएको हो ।

जेठ ३० गते परीक्षणको लागि उनको स्वाब संकलन गरिएको थियो । शनिबार आएको उनको रिपोर्टमा 'कोरोना पोजेटिभ' देखिएको हो । 

उनलाई अहिले पथरिया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड तयार गरेर राखिएको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । 

यसअघि कञ्चनपुरका २ जना, डडेल्धुरकामा २ जना र सेती प्रादेशिक अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि