असोज ०६, २०८१, आइतबार
               

सुत्केरीमा कोरोना देखिएपछि तीन गाउँ सिल, भारतबाट आएका थिए श्रीमान्

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । 

गुल्मी दरबार गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो ।

गुल्मी दरबार गाउँपालिकाका–७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबार सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेको बताए ।

ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको थियो । 

लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो । 

त्यसको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । 

अब कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिने अर्यालले बताए ।


कस्तो लाग्यो ?

यो पनि