असोज ०६, २०८१, आइतबार
               

पहिरोमा पुरिएका चालकको मृत्यु

नेपाल फ्ल्यास
असार ०७, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

गुल्मी । पहिरोले जिप पुर्दा गम्भीर घाइते भएका  धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । 

उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । 

दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्किएका छन् । 

अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट–३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिरोले पुर्दा धुर्कोट–३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो । 

दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको अवस्था भने सामान्य छ । 


कस्तो लाग्यो ?

यो पनि