असोज ०६, २०८१, आइतबार
               

मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

जोमसोम । मस्ताङमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै गण्डकी प्रदेशका सबै ( ११ वटै )  जिल्लामा कोरोना भाइरस पुगेको छ ।

घरपजोङ गाउँपालिकाका ८३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘अहिले उहाँको स्वास्थ्य सामान्य छ । जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । हामीले प्रयोगशालाबाट भर्खरै खबर पाएका हौं,’ मुस्ताङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा. शिव भण्डारीले बताए ।

शनिबार मात्रै गण्डकी प्रदेशमा १ सय ८ जनामा कोरोना संक्रमित भेटिएका छन् । शनिबार साँझ कोरोना भाइरस पुष्टि हुनेमा मुस्ताङसहित तनहुँ, बागलुङ र नवलपुरका छन् ।

बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गल्कोट नगरपालिकाका २० देखि ५१ वर्ष उमेर समूहका ८ जना पुरुष छन् । बागलुङकै ताराखोला गाउँपालिका, बुलिङटार, ढोरपाटन गाउँपालिकामा १/१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्का एकजनाको भने ठेगाना नखुलेको निर्देशनालय निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै, नवलपुरको मध्यविन्दु गाउँपालिकाका १८ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । तनहुँको ब्यास नगरपालिकाका २ जनामा संकमण पुष्टि भएको छ ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ । उनीमध्ये ३९ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि